| मङ्लबार, कार्तिक २४, २०८३

कांग्रेस गोरखाको सय दिने अभियानको शुभारम्भ

संगठन सुदृढिकरणका लागि भन्दै नेपाली कांग्रेस गोरखाले जिल्लामा संचालन गर्न लागेको सय दिने अभियानको शुभारम्भ भएको छ ।

बिहीवार तिनधारेस्थित कांग्रेस पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अभियानको शुभारम्भ गरेका हुन् । अभियान अन्तरगत स्थानीय तहहरुको प्रत्येक वडामा प्रतिनिधि खटाइने पार्टी जिल्ला सचिव किशोरजंग थापाले बताए ।

‘ती प्रतिनिधीहरुले वडा स्तरका समिति चुस्त दुरुस्त भए नभएको, भातु संगठनको अवस्था र उनीहरुले गरेका क्रियाकलापबारे अध्ययन गर्छन्,’ उनले भने, ‘चुस्त दुरुस्त बनाउन आवश्यक सहजिकरण गरि पार्टीको नीति बारे अनुशिक्षण पनि गराउछन् ।’ पार्टीका तहगत संगठनको निर्धारित समयमा हुनुपर्ने सम्मेलन भए नभएको अध्ययन गरि विधानले तोकेको समयमै सम्मेलन गर्न पहल गर्ने काम समेत उनीहरुले गर्ने थापाले जानकारी दिए ।

‘प्रतिनिधी तय गर्न बाँकी छ, केही दिनमा तय भएर उहाँहरु चुमनुव्री वाहेक सबै पालिकाको वडा–वडामा खटिनुहुन्छ,’ उनले भने । अभियानका लागि केन्द्रिय प्रतिनिधीको रुपमा पार्टी केन्द्रिय सदस्य सरस्वती अर्याललाई जिल्लामा खटाइएको छ ।

त्यस्तै, भातृ संस्थालाई चुस्त दुरुस्त बनाउन पार्टी उपसभापति धिरन थापाको संयोजकत्वको समिति समेत गठन गरिएको छ । समितिमा थापासहित राजनराज पन्त र अमृता वस्ती रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्