
गणतन्त्र दिवसमा गोरखा अस्पतालका बिरामीलाई फलफुल वितरण
गणतन्त्र दिवसको अवसरमा गोरखा अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गरिएको छ । अनेरास्ववियु जिल्ला कमिटी गोरखाले मंगलवार अस्पतालका ३३ जना बिमारीलाई फलफुल वितरण गरेको हो ।
बिमारीको स्वास्थ्य अवस्था तथा अस्पतालबाट हुने सेवा प्रवाहको बारे जानकारी समेत लिइएको अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य प्रताप ढकालले बताए ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष सुरेन्द्र थापा, अनेरास्ववियु गण्डकी प्रदेश अध्यक्ष प्रबिन श्रेष्ठ, अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य प्रताप ढकाल, अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट सिद्धार्थ खनाल, नेपाल पत्रकार महासंघ गोरखाका कार्यबहाक अध्यक्ष नरेन्द्र ढकाल लगायतको उपस्थिती रहेको थियो ।




