| आइतवार, कार्तिक २२, २०८३

मतदानबाट नेतृत्व चुन्दै एमाले गोरखा

नेकपा एमाले गोरखाको नेतृत्व चयनका लागि मतदान भएको छ । अध्यक्षका उम्मेद्वार सुरेन्द्रबहादुर थापा र कृष्णबहादुर नेपाली बीच मतदान भएको हो ।

यसअघि अध्यक्ष पदमा उम्मेद्वारी दिएका रामचन्द्र लामिछाने (आरसी)ले उम्मेद्वारी फिर्ता लिएपछि दुई जना बीच चुनावी प्रतिस्पर्धा भएको हो ।

त्यस्तै उपाध्यक्षको एक सिटका लागि तीनजनाका बीच मतदान भएको छ । सर्वसम्मत गराउने प्रयास सफल नभएपछि मेनबहादुर अधिकारी, कृष्ण काप्री र कमल दानी बीच मतदान भएको पार्टी स्रोतले जनाएको छ । सचिवको एक सिटका लागि पनि दुुई बीच चुनाव भएको हो । काजीराम रोका र उपेन्द्र देवकोटा बीच चुनाव भएको हो ।

एक महिला र एक खुल्ला उपसचिवका लागि पनि चुनाव भएको छ । खुल्ला उपसचिवतर्फ मनोज जोशी, विष्णु पन्त र संजीव श्रेष्ठका बीच मतदान भएको छ भने महिलातर्फको उपसचिवका लागि शान्ति चापागाई र नानुमाया थापा मगरका बीच मतदान भएको पार्टी स्रोतले जनाएको छ ।

कूल ८५ सदस्यमध्य केही सदस्य निर्विरोध भए पनि केही पदका लागि मतदान भएको थियो ।

प्रतिक्रिया दिनुहोस्