| सोमवार, कार्तिक २३, २०८३

स्वर्णिम वाग्ले बने रास्वपा उपसभापति, सहमहामन्त्रीमा सुमना

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्य स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने निर्णय गरेको छ। महोत्तरीमा बसेको बैठकले वाग्लेलाई उपसभापति बनाएको हो।

रवि लामिछाने सभापति रहेको रास्वपामा डीपी अर्याल उपसभापति रहेका थिए। विधानअनुसार थप एक जना उपसभापति चयन गरिएको हो।

त्यस्तै सहमहामन्त्रीमा कबिन्द्र बर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्यलाई नियुक्त गरिएको छ। महामन्त्री भने यसअघि नै डा। मुकुल ढकाल रहेका थिए।
त्यस्तै संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ रहेका छन् भने संसदील दलको नेतामा सभापति लामिछाने र प्रमुख सचेतक सन्तोष परियार रहेका छन्।
त्यस्तै कोषाध्यक्षमा लिमा अधिकारी, सहकोषाध्यक्षमा बसु माया तामाङ दीपक बोहोरालाई नियुक्त गरिएको छ। त्यस्तै सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल र रमेश प्रसाईंलाई नियुक्त गरिएको रास्वपाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्