| सोमवार, कार्तिक २३, २०८३

महत्वकांक्षा राख्दैमा देश पूरै उत्तर फर्कंदैन

देशको  विकास नभएसम्म जनताले न्याय पाउँदैनन् : डा. बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले वैकल्पिक राजनीति आवश्यक भएको बताएका छन्। देशमा ठूला राजनीतिक क्रान्ति भएर व्यवस्था परिवर्तन भएपनि आमजनताको आर्थिक सामाजिकस्तरमा खासै परिवर्तन आउन नसक्दा जनतामा निरासा र अन्योलता छाएको बताउँदै देशलाई नयाँ वैकल्पिक शक्ति चाहिएको बताए।

विवेकशील साझा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा बोल्दै अध्यक्ष भट्टराईले मुलुकको नीति निर्माण गर्ने थलो राजनीति भएकाले युवा वर्गको सहभागीता अनिवार्य रहेको बताए।

अध्यक्ष भट्टराईले भने,’नीति निर्माण गर्ने थलो राजनीति नै हो।यसमा सबै सहभागी हुनुपर्छ। विश्वका राम्रा अनुभव सिकौं र नेपाल बनाउन लागौं। अबको राजनीतिमा युवाहरूको खाँचो छ।’

उनले देश विकास नभएसम्म जनताले न्याय नपाउने बताउँदै डा.भट्टराईले जनताको सहभागीता राज्यका साधन स्रोतमा भएपछि मात्रै मुलुको विकास हुने स्पष्ट पारे।

अबको राजनीति भनेको लोकतन्त्रलाई बचाएर संस्थाहरूलाई मजबुत बनाएर सुशासन र समृद्धि ल्याउनुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्