
कांग्रेस गण्डकीका महामन्त्री श्रेष्ठले असन्तुष्टि जनाउँदै लेखे देउवालाई पत्र
समानुपातिक सूचीमा पहिलो नम्बरमा रहेका नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री किरणबाबु श्रेष्ठले पार्टी नेतृत्वसँग असन्तुष्टि व्यक्त गरेका छन्।
समानुपातिक उम्मेदवारको नामावली संशोधनपछि पहिलो नम्बरबाट तेस्रोमा पुर्याएपछि उनले असन्तुष्टि जनाएका हुन्। महामन्त्री श्रेष्ठले आफूलाई थाहै नदिई तेस्रो नम्बरमा पुर्याइएको भन्दै कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवालाई पत्र लेखेर असन्तुष्टि व्यक्त गरेका हुन्।




