
नातावादको नतिजा : उपेन्द्र यादवका छोराको लज्जास्पद हार,
जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले विराटनगर महानगरपालिकाको उप–मेयर पदमा लज्जास्पद हार व्यहोरेका छन् ।
शनिबार बिहान निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार ३४ वर्षीय अमरेन्द्र विराटनगर महानगरपालिकाको उप–मेयरमा पराजित भएका हुन् । अमरेन्द्रले १४,२१९ मत पाएका थिए ।
अमरेन्द्रलाई एमालेकी उप–मेयरकी उम्मेदवार ४३ वर्षीया शिल्पा कार्कीले पराजित गरेकी हुन् ।
अध्यक्ष उपेन्द्र यादवले आफ्नो छोरालाई उप–मेयर बनाउने लोभमा परेर उम्मेदवार बनाउँदा मतदाताले नरुचाएर हराइदिएका छन् ।
आफ्नै छोरालाई उपेन्द्रले उम्मेदवार बनाएपछि पार्टीभित्र विरोध भएको थियो ।
विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका ४८ वर्षीय नागेश कोइराला ३०, १७० मतसहित विजयी भएका थिए ।
कोइरालासँग एमालेका ४५ वर्षीय सागरकुमार थापा २१,४५५ मतसहित पराजित भएका छन् ।
कांग्रेसका कोइरालाले एमालेका थापालाई ९७१५ मतको अन्तरले पराजित गरेका हुन् ।




