
पालुङटार नगरपालिका ४ मा माओवादीका उम्मेदवार पौडेल विजयी
गोरखाको पालुङटार नगरपालिका वडा नं ४ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार मान बहादुर पौडेल विजयी भएका छन् ।
उनले ६ सय ३५ मत ल्याए ।
उनका निकटतम प्रतिद्धन्दी स्वतन्त्र उम्मेदवार कृष्ण प्रसाद सोडारीले ५ सय ५९ मत प्राप्त गरे ।
जनता समाजवादी पार्टीका उम्मेदवार कमल बहादुर बोगटीले ४ सय ४२ र कांग्रेसका उम्मेदवार आनन्द कुमार श्रेष्ठले ३ सय ५ मत प्राप्त गरे ।




