
गोरखा नगरपालिका १० मा कांग्रेसका उम्मेदवार प्रदिप कुँवर विजयी
गोरखा नगरपालिका वडा नं १० मा नेपाली कांग्रेसका उम्देवार प्रदिप कुँवर विजयी भएका छन् ।
उनले ८ सय ६४ मत ल्याए ।
उनको निटकतम प्रतिद्धन्दी नेकपा एमालेका कमान सिंह राना मगरले ५ सय १५ मत ल्याए ।
वडा सदस्यहरुमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएका छन् ।




