
गण्डकी गाउँपालिका ६ मा माओवादी केन्द्रको प्यानलै विजयी
गोरखाको गण्डकी गाउँपालिका वडा नं ६ मा माओवादी केन्द्रले प्यानलै जितेको छ ।
माओवादी केन्द्रका उम्मदेवार तुल बहादुर गुरुङले १ हजार १ सय ५८ मत ल्याए विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार मोहन पुलामीले ५ सय ९४ मत ल्याए ।
वडा सदस्यहरुमा पनि माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।




