| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा नगरपालिका ९ मा कांग्रेसका कुँवर विजयी

गोरखा नगरपालिका वडा नं ९ नेपाली कांग्रेसका उम्मेदवार कुलबहादुर कुँवर विजयी भएका छन् ।

उनले ६ सय १ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्दी नेकपा माओावादीका उम्मेदवार रणसिंह बस्नेतले ५ सय ४६ मत प्राप्त गरे ।

कुँवर दोस्रो कार्याकालका लागि वडा अध्यक्षमा पदमा निर्वाचित भएका हुन् ।

त्यस्तै महिला सदस्यमा पदमकुमारी श्रेष्ठ, दलित महिला सदस्यमा बेलीमाया सिर्मल, दोस्रो खुल्ला सदस्यमा कांग्रेसकै देवेन्द्र बस्नते र पहिलो खुल्ला सदस्यमा माओवादी केन्द्रका मोहन थापामगर विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्