
धार्चे गाउँपालिका ५ मा माओवादी उम्मेदवारको प्यानलै विजयी
गोरखाको धार्चे गाउँपालिका वडा नं ५ मा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका भिम प्रसाद गुरुङ विजयी भएका छन् ।
उनले कुल ८ सय ६६ मत ल्याए ।
उनको निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका तुलबहादुर गुरुङले ४ सय ५९ मत ल्याए ।
वडा सदस्यहरुमा पनि माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन् ।




