
पालुङटार नगरपालिका ३ मा कांग्रेस विजयी
गोरखाको पालुङटार नगरपालिका वडा नं ३ गोरखाको पालुङटार नगरपालिका वडा नं ३ मा नेपाली कांग्रेस विजयी भएको छ ।
नेपाली कांग्रेसबाट वडाको अध्यक्षमा उम्मेदवार रविन्द्र अधिकारी क्षेत्री ४ सय ९४ मत सहित विजयी भएका हुन् ।
उनको प्रतिस्पर्धी नेकपा माओबादी केन्द्रका रामबहादुर गुरुङले ४ सय ३ मत प्राप्त गरे ।
सोही पदमा उम्मेदवारी दिएका जसपाका रामेश्वर पुरीले ३ सय ८१ र नेकपा एमालेका कृष्ण गीरीले १ सय १७ मत प्राप्त गरे ।
सो वडामा चार सदस्यमा पनि नेपाली कांग्रेसका उम्मेदवार नै विजयी भएका छन् ।




