
गोरखामा मादक पदार्थ बिक्री र सेवन गर्न प्रतिबन्ध
जिल्ला प्रशासन कार्यालय गोरखाले मादक पदार्थ बिक्री र सेवनमा प्रतिबन्ध गरेको छ । स्थानीय तह निर्वाचनमा शान्तिपूर्ण, भयरहित बनाउन बैशाख २७ गते मौन अवधी सुरु भएदेखि परिणाम नआउँदा जेठ सात गतेसम्मका लागि मदिरा बिक्रीमा प्रतिबन्ध लगाइएको हो ।
सबै मतदान केन्द्रमा प्राथमिक उचारका लागि ‘फस्ट एड बक्स’ राख्ने र त्यसको ब्यवस्थापन जिल्ला निर्वाचन कार्यालयले गर्ने प्रमुख जिल्ला अधिकारी संकरहरी आचार्यले बताए ।
गोरखा नगरपालिका भित्रका मतदान बाहेकका केन्द्रमा निर्वाचन आयोगले नै प्राथमिक उपचारका सामग्री जिल्ला निर्वाचन कार्यालय मार्फत पठाएको छ ।
गोरखा नगरपालिका भित्रका ग्रामिण केन्द्रमा प्राथमिक उपचार सामग्री पठाउने र अस्पताल, स्वास्थ्य संस्था नजिक भएका ठाउँमा त्यहाँबाटै ब्यवस्थापन गर्ने निर्वाचन कार्यालयले जनाएको छ । मतदानको दिन सवारी ब्यवस्थापन गर्दा जिल्ला प्रशासन कार्यालयबाट पास जारी गर्ने र अनुमती लिएका सवारी साधनले मात्र संचालन गर्न पाउने निर्णय भएको छ ।




