
एमालेले स्थानीय तहको चुनावी घोषणा–पत्र शुक्रबार सार्वजनिक गर्ने
नेकपा (एमाले)ले वैशाख ३० गते हुने स्थानीय तह चुनावको लागि ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा उम्मेदवार छिट्टै टुंगो लगाउने बताएको छ।
पार्टीको बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले उम्मेदवार र चुनावी विषयमा छलफल तथा आवश्यक निर्णय गरेको हो।
बैठकमा शुक्रबार पार्टी केन्द्रीय कार्यालयको उद्घाटन गर्ने, त्यसलगत्तै स्थानीय तह निर्वाचनको लागि तयार पारिएको चुनावी घोषणा(पत्र सार्वजनिक गर्ने र कम्युनिस्ट योद्धाको सम्मान गर्ने निर्णय भएको पार्टीका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी गराए।




