
गोरखा सदरमुकाममा जसपाको चुनावी सभा
मंगलवार गोरखा सदरमुकाममा जनता समाजवादी पार्टीले चुनावी सभा गरेको छ । संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादबको उपस्थितीमा सभा गरेको हो ।

जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष यानप्रसाद भट्टको अध्यक्षतामा भएको कार्यक्रममा जसपाकी महिला नेतृ हिसिला यमी, केन्द्रीय कार्यकारिणी सदस्य शिबलाल थापा, हरिशरण श्रेष्ठ, रुपनारायण श्रेष्ठ, नारायण खत्री लगायतले मन्तब्य राखेका थिए ।


सभामा सहभागी हुन गोरखाको बिभिन्न पालिकाबाट हजारौँ कार्यकर्ता सदरमुकाम आएको सभाका सञ्चालक एवं जसपाका जिल्ला सचिव बिपिनचन्द्र ढकालले बताए । जनता समाजवादी पार्टीका नेता कार्यकर्ताले स्थानीय चुनावका लागि मत मागेका थिए । सोही क्रममा राष्टिूय कलाकार गणेश गुरुङ र भिमु गुरुङले सांगितीक प्रस्तुती पनि देखाएका थिए ।





