
स्थानीय तह निर्वाचनका लागि एकीकृत समाजवादीले सार्वजनिक गर्यो घोषणापत्र
नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ। मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष माधवकुमार नेपालले घोषणा पत्र सार्वजनिक गरेका हुन्।
घोषणापत्रमा समाजवादीका स्थानीय एजेण्डा र पार्टी विद्रोका कारण उल्लेख छ। जनमुखी स्थानीय सरकार, विकास र समृद्धिको आधार घोषणापत्रमा समेटिएको छ।
एमालेको नौ महिने सरकारले गरेका आफ्नो गाउँ आफैं बनाऔंलगायतका कार्यक्रमहरु समावेश गरिएको समाजवादीले जनाएको छ।




