
महिला उम्मेदवारको ३३ प्रतिशत स्थान सुनिश्चित गर्न महिला संघको माग
आगामी स्थानीय तहको निर्वाचनमा जिल्लाका ११ वटै स्थानीय तहमा ३३ प्रतिशत महिला उम्मेदवारको सुनिश्चितता गराउन नेपाल महिला संघ गोरखाले माग गरेको छ ।
नेपाल महिला संघ जिल्ला कार्यसमिति गोरखाकी अध्यक्ष मनकुमारी गुरुङले नेपाली कांग्रेसका गोरखा जिल्ला सभापति नन्दप्रसाद न्यौपानेलाई ज्ञापन पत्र बुझाउदै पालिका प्रमुखदेखि वडाध्यक्षसम्म ३३ प्रतिशत महिला उम्मेद्वार सुनिश्चितता गराउन माग गरेकी हुन् ।
गठबन्धनका नाममा महिलाको अधिकार कटौती हुने अवस्था आउन नदिन उनीहरुले पार्टीलाई सचेत गराएका हुन् ।
आगामी निर्वाचनमा स्थानीय तहको पालिका र वडाका हरेक पदमा महिला उम्मेद्वार सुनिश्चितता गराउन पार्टी जिल्ला सभापति न्यौपानेलाई संघले ज्ञापन पत्रमार्पmत अनुरोध गरेको छ ।
त्यस्तै, संघको पालिका, प्रदेश, क्षेत्र र जिल्ला कार्यसमितिको संयुक्त बैठकले आगामी निर्वाचनमा प्रमुख कार्यकारी पदमा महिला उम्मेदवार सुनिश्चित गराउन पार्टीको जिल्ला समितिसंग आग्रह गर्ने निर्णयगरेको जनाएको छ ।
पार्टीका जिल्ला सभापति न्यौपानेले उक्त ज्ञापनपत्र बुझ्दै समावेशी सिद्धान्त लागु गर्न आफु प्रतिवद्ध रहेको र आगामी निर्वाचनमा महिलाको अधिकार कटौती नहुने गरी उम्मेदवार चयन हुनेमा विश्वस्त रहन संघका पदाधिकारी र सदस्यहरुलाई आग्रह गरेका थिए ।




