| मङ्लबार, कार्तिक २४, २०८३

गोनपा ७ मा एमालेको वडास्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न

नेकपा एमाले गोरखा नगरपालिका वडा नं ७ मा वडास्तरीय पार्टीको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रम गरी पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा स्थानीय तहको निर्वाचन केन्द्रित गरी संगठन सुदृढीकरणमा जोड दिएका थिए ।

नेकपा एमालेको आगामी कार्ययोजनाको सन्दर्भमा समेत छलफल भएको थियो । शनिबार गोरखा नगरपालिका वडा नं ८ र ११ मा पार्टीको प्रशिक्षण कार्यक्रम रहेको जिल्ला सचिव काजीराम रोकाले जानकारी दिए ।

पार्टीका वडा नं ७ का अध्यक्ष हरि पन्तको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीको केन्द्रीय सदस्य सम्झना देवकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गण्डकी प्रदेश सदस्य नानीमाया थापा, दिनेश तमु, पार्टी जिल्ला सचिव काजीराम रोका, जिल्ला सदस्यहरु गीता भट्ट, प्रवीन श्रेष्ठ, बुद्धि घले, सुमन श्रेष्ठ, किरण ढकाल, लक्ष्मी रोका लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्