| सोमवार, कार्तिक २३, २०८३

गोरखाका पत्रकार लोहनी प्रेस चौतारीका केन्द्रीय सदस्य चयन


गोरखाका पत्रकार किरण लोहनी प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य चयन भएका छन् ।

हालै पोखरामा सम्पन्न चौतारीको नवौँ महाधिवेशनबाट लोहनी केन्द्रीय सदस्य चयन भएका हुन् ।


गणेश बस्नेत नेतृत्वमा गठित केन्द्रीय समितिमा चयन भएका पत्रकार लोहनी गोरखाको च्वाइस एफएमका स्टेशन मेनेजर तथा उज्यालो नेटवर्कका गोरखा संवाददाता हुन् ।


नुवाँकोट स्थायी घर भएका लोहनी गोरखामा बिगत १५ बर्षदेखि पत्रकारिता गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्