| सोमवार, कार्तिक २३, २०८३

माओवादीको गण्डकी प्रदेश इञ्चार्जमा हितराज पाण्डे

नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश इञ्चार्जमा गोरखाका हितराज पाण्डे चयन भएका छन् ।

सातै प्रदेशमा प्रदेश इञ्चार्ज चयन गर्नेक्रममा गण्डकी प्रदेशको इञ्चार्जको रुपमा पाण्डेलाई जिम्मेवारी दिएको हो ।

सोमबार बसेको केन्द्रीय समिति बैठकले प्रदेश इञ्चार्ज तोकेको हो।

प्रदेश १ को इञ्चार्जमा राम कार्की, मधेश प्रदेशमा गणेश शाह, बागमतीमा हितमान शाक्यलाई तोकिएको छ।

यस्तै, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णाली प्रदेशमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा खगराज भट्टलाई तोकिएको हो।

बैठकले सम्पर्क समन्वय प्रदेशमा डिलाराम आचार्य र उपत्यका विशेष समन्वय प्रदेशमा लिलामणि पोखरेललाई तोकेको छ।

प्रतिक्रिया दिनुहोस्