| सोमवार, कार्तिक २३, २०८३

जसपा आरुघाट गाउँपालिकाद्वारा भेला तथा प्रशिक्षण

जनता समाजवादी पार्टी आरुघाट गाउँपालिकाले स्थानीय निर्वाचनलाई लक्षित गर्दै विभिन्न समिति गठन गरेको छ । मंगलबार आरुघाट बजार पालिकास्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सहित विभिन्न समिति गठन गरिएको जिल्ला सचिव बिपिनचन्द्र ढकालले बताए ।

निर्वाचन परिचालन समितिको संयोजक राजु गुरुङको संयोजकत्वमा तीन सय २१ सदस्यी कार्यसमिति गठन गरिएको ढकालले बताए । बासु भट्टको संयोजकत्वमा सात सदस्यीय आर्थिक परिचालन समिति र राजेन्द्र खनालको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन घोषणा पत्र तयारी समिति गठन गरिएको छ । भुजन गुरुङको संयोजकत्वमा युवा परिचलान समिति चयन गरिएको छ ।

पार्टीका पालिका अध्यक्ष राजु गुरुङको अध्यक्षतामा तथा पार्टीको केन्द्रिय सदस्य रमेश पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य ज्ञानेन्द्र कुमाल, केन्द्रिय रोहित पाण्डे, जिल्ला अध्यक्ष यानप्रसाद भट्ट, जिल्ला उपाध्यक्ष राजेन्द्र पराजुली, जिल्ला सदस्य बसन्ती काप्री लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्