| सोमवार, कार्तिक २३, २०८३

पालुङटार २ मा जसपाको श्रद्धाञ्जली सभा

जनता समाजवादी पार्टी पालुङटार नगर समितिले बिहिवार श्रद्धाञ्जली सभा कार्यक्रम गरेको छ । जसपाका पालुङटार नगरपालिकाका अध्यक्ष रमेश पोखरेलको अध्यक्षतामा वडा नम्बर २ मा जनता समाजवादी पार्टीका केन्द्रिय कार्यकारीणी सदस्य हिसिला यमी भट्टराईको प्रमुख आथित्यता सभा भएको हो ।

गण्डकी प्रदेशका खानेपानी मन्त्री एवं जसपाका केन्द्रिय सदस्य हरिशरण आचार्य, गोरखाका सचिवालय सदस्य रबिन आचार्य तथा इन्जिनियर रामशरण आचार्यको आमाको निधन भएको नवौँ दिन घर छेउमै श्रद्धाञ्जली सभा गरिएको जसपाका जिल्ला सचिव बिपिनचन्द्र ढकालले बताए । गत फागुन ४ गते मायादेवी आचार्यको निधन भएको थियो ।

कार्यक्रममा केन्द्रिय कार्यकारीणी सदस्य यमीले मृतक प्रती श्रद्धाञ्जली अर्पण गर्दै कार्यकर्ताहरुलाई आसन्न निर्वाचन केन्द्रित हुन सुझाब दिईन । श्रद्धाञ्जली सभामा मन्त्री हरिशरण आचार्य, जिल्ला अध्यक्ष यानप्रसाद भट्ट, सदस्य प्रेम गुरुङ लगायतले धारणा राखेका थिए । सभामा सहभागी हुन गोरखाको बिभिन्न ठाउँमा जसपाका नेता कार्यकर्ता पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्