| सोमवार, कार्तिक २३, २०८३

एमाले गोरखाको संगठन सुदृढीकरण अभियान जारी

नेकपा एमाले गोरखाको एक महिनो पार्टी संगठन सुदुढीकरण अभियान जिल्लाभर संचालन भइरहेको छ । सोहि अभियान अन्तरगत शनिबार गोरखा नगरपालिका वडा ६, ८, १० र ११ मा वडा पार्टी कार्यालय उद्घाटन गरिएको छ ।

पार्टीका जिल्ला सहइन्चार्ज सम्झना देवकोटा, जिल्ला उपाध्यक्ष कृष्ण नेपाली, लगातको उपस्थिति वडा पार्टी कार्यालय उद्घाट गरिएको पार्टीका जिल्ला सचिव काजीराम रोकाले बताए ।

कार्यक्रममा वडा पार्टी कार्यालय उद्घाटका साथै आगामी स्थानीय तहको निर्वाचनका योजना लगायतका पार्टीको संगठन सुदुढीकरणका बारेमा छलफल भएको उनले बताए । जिल्ला भर संगठन सुदुढीकरण अभियान तिव्र गतिमा संचालन गरेको उनले बताए ।

त्यस्तै, आज गोरखा नगरपालिका वडा नं १४, १२, १३ वडा पार्टी कार्यालय उद्घाटन कार्यक्रम रहेको समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्