
एमाले गोरखाको संगठन सुदृढीकरणका लागि एक महिने अभियान सुरु
नेकपा एमाले गोरखाले एक महिने पार्टीको संगठन सुदुढीकरणका अभियान सुृरु गरेको छ । जिल्लाका ११ वटा स्थानीय तहमा मंगलबारदेखि आगामी वैशाख ३० गते घोषित स्थानीय तहको चुनावलाई लक्षित गर्दै पार्टी संगठन सुदुढीकरण अभियान सुरु गरेको एमाले गोरखाका सचिव काजीराम रोकाले बताए ।
‘गोरखाका ११ वटा स्थानीय तहमा वैशाख ३० गते घोषित स्थानीय तहको निर्वाचन र पार्टी संगठन सुदुढीकरणका बारेमा छलफल भयो’ उनले भने, ‘यो अभियान एक महिनासम्म जारी रहन्छ ।’ पार्टीको जनसंगठन परिचालन र योजना निर्माणका लगायतको विषयवस्तुमा छलफल भएको उनले बताए ।
नेकपा एमाले केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य, जिल्ला इन्चार्ज लगायको उपस्थितिमा ११ वटै स्थानीय तहमा एकै दिन वैठक आयोजना गरिएको उनले जानकारी दिए ।




