| सोमवार, कार्तिक २३, २०८३

युवा संघको प्रदेश सह इन्चार्जमा गोरखाका खिलबहादुर राना, जिल्ला इन्चार्जमा भिम सुनार

राष्ट्रिय युवा संघ नेपालको गण्डकी प्रदेश सह इन्चार्जमा गोरखाका खिलबहादुर राना चयन भएका छन् । यस अघि केन्द्रिय समितिको सचिव भएर काम गरिसकेका रानालाई युवा संघको केन्द्रिय सचिवालय बैठकले प्रदेश सह इन्चार्जमा चयन गरेको हो ।

सह इन्चार्ज रानाले गण्डकी प्रदेशभर युवा संघको संगठन बिस्तारमा लाग्ने बताए । ‘म गोरखाको भएकाले यहाँ पनि बिशेष ध्यान हुने नै छ’ उनले भने ‘पार्टीको निर्देशन अनुसार युवा संघलाई अगाडी बढाउन भुमिका खेल्छु ।’

युवा संघको गण्डकी प्रदेश इन्चार्जमा भने सन्तोष रावल चयन भएका छन् । यसैबिच युवा संघ नेपालको गोरखा जिल्ला इन्चार्जमा भिम सुनार चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्