| मङ्लबार, कार्तिक २४, २०८३

केसीको गिरफ्तारीप्रति कांग्रेसको आपत्ति

कोभिड नियन्त्रणका लागि सबै सचेत हुन कांग्रेस गोरखाको अपिल


अहिले नेपालमा दिनानुदिन कोभिडको तेस्रो भेरियण्ट बढिरहेको भन्दै यसलाई नियन्त्रण तथा रोकथामका लागि सबै एकजुट हुन नेपाली कांग्रेस गोरखाले अपिल गरेको छ ।

सभापति नन्दप्रसाद न्यौपानेले विज्ञप्तिमार्फत अति आवश्यक नपरी घरबाट बाहिर ननिस्कन, निस्किनै परे स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न आग्रह गरेका छन् ।


साथै कोभिड महामारी नियन्त्रण तथा रोकथामका लागि एकल प्रयास सफल नहुने भएकाले यसविरुद्ध सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै कांग्रेस आम नागरिकको स्वास्थ्य सुरक्षा कायम गर्ने अभियानका लागि हरदम तत्पर रहेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्