
संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले गोरखामा पृथ्वी जयन्ती मनाउने
राप्रपा, नेपाली कांग्रेस(विपी) लगायत ४७ वटा दल सम्मिलित संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले गोरखामा पृथ्वी जयन्ती मनाउने भएको छ । आइतबार सदरमुकाममा पत्रकार सम्मेलन गर्दै मोर्चाका केन्द्रीय समितिका महामन्त्री पुष्पराज पराजुलीले सो कार्यक्रमका बारेमा जानकारी गराएका हुन् ।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई भव्यताका साथ मनाउने बताउदै सो दिन मोर्चाले विविध कार्यक्रम गर्ने उनले बताए । पृथ्वी जयन्तीका दिन बिहान १० बजे हरमटारी खेलकुद मैदानबाट सुरु भएको ¥याली बसपार्क हुँदै गोरखा संग्रहालय परिसरमा रहेको पृथ्वीनारायण शाहको शालिकमा टुङ्निे उनले पराजुलीले जानकारी दिए ।
¥याली टुङ्एि पछि पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्दै मनाइने बताइएको छ । उक्त कार्यक्रममा मोर्चाका राष्ट्रिय संयोजक हरिबोल भट्टराई, केन्द्रीय अध्यक्ष तारानाथ लुइँटेल, राष्ट्रिय संयोजक शोभाराम थापा, केन्द्रीय सह–अध्यक्ष विष्णु भट्टराई लगायतको मन्तव्य राख्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।
त्यस्तै, अहिलेका नेपाली कांग्रेस, एमाले र माओवादी सबै विदेशीको इशारामा चलेको आरोप लगाउदै नेपाली कांग्रेस(विपि) नै राष्ट्रवादी दल भएको उनले दावी गरे ।




