
मुस्लिम संघ गोरखाद्वारा नवनिर्वाचित कांग्रेसका नेताहरुलाई सम्मान
नेपाल मुस्लिम संघ जिल्ला कार्य समिति गोरखाले नेपाली कांग्रेसका ३ केन्द्रीय सदस्यसहित प्रदेश महामन्त्री र जिल्ला सभापतिलाई सम्मान गरेको छ । गोरखाबाट प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा निर्वाचित सुरेन्द्र पाण्डे, चिनकाजी श्रेष्ठ र अब्दुल सत्तारलाई संघले शनिबार एक कार्यक्रमका बीच सम्मान गरेको हो ।
त्यस्तै कांग्रेसको गण्डकी प्रदेश समितिको महामन्त्रीमा निर्वाचित गोरखाकै किरणबाबु श्रेष्ठ, जिल्ला सभापति नन्दप्रसाद न्यौपाने र गोरखा नगरपालिकाका नगरसभापति चन्दनबाबु खत्रीलाई समेत संघले सम्मान गरेको छ ।
कांग्रेसको भातृसंगठनका रुपमा रहेको नेपाल मुस्लिम संघका जिल्ला अध्यक्ष अलिउल्ला मियाँको अध्यक्षतामा भएको बधाई ज्ञापन तथा सम्मान कार्यक्रममा केन्द्रीय सदस्य पाण्डे, श्रेष्ठ र सत्तार तथा जिल्ला सभापति न्यौपानेले कृतज्ञता ज्ञापन गरेका थिए ।
साथै मुस्लिम संघका केन्द्रीय सचिव रहमतुल्ला मियाँले मुस्लिम समुदायसंग जोडिएका कबरस्तान, इदगाह, करबला, मस्जिद तथा मदरसाहरुको संरक्षणमा कानूनी र नीतिगत समस्या हुदै आएको र समाधानका लागि पहल गरिदिन माग गरेको जिल्ला सचिव जमिल मियाँले जानकारी दिए ।




