
कांग्रेस गोरखाको नेतृत्व बिकास प्रशिक्षण सुरु
नेपाली कांग्रेस गोरखाको आयोजनामा शुक्रवारदेखि तिन धारे स्थित पार्टी कार्यालयमा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सुरु भएको छ । वडा सभापती, पालिका पदाधिकारी, प्रदेश क्षेत्र र जिल्ला स्तरका नेता, अगुवा कार्यकर्ता प्रशिक्षणमा सहभागी छन् ।
कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपानेको अध्यक्षता र महामन्त्री गगन थापाको प्रमुख आथित्यतामा प्रशिक्षणको उद्घाटन कार्यक्रम भएको थियो । कार्यक्रममा केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले सिङ्गो पार्टी अब आउने निर्वाचनमा केन्द्रित हुनुपर्ने बताए । ‘पार्टी भित्र कसैले हारेको जितेको नभई अब अर्को पार्टीको संगको चुनावका लागि सबै एक भएर अघि बढ्नुपर्ने उनले बताए ।’
केन्द्रिय सदस्य चिनकाजी श्रेष्ठले पार्टी एकवद्ध भएर अघि बढ्नुपर्ने बेला आएको बताउँदै सबै कार्यकर्ताहरुलाई आन्तरिक चुनावको विषयलाई बिर्सन अनुरोध गरे । अर्का केन्द्रिय सदस्य अब्दुल सतारले पनि पार्टीको अबको लक्ष्य आगामी निर्वाचन भएको बताउँदै भने ‘हामीले आगामी पाँच वर्ष नेतृत्व गरेर जनतालाई सेवा सुविधा पु¥याउनुछ ।’
राष्टिूय सभा उम्मेदवार एवं पूर्व केन्द्रिय सदस्य कमला पन्तले अधिवेशनमा हार्नेको मन सानो र जित्नेको दम्भको अवस्था हुन नहुने बताईन । साथै उनले सबै एकसाथ अघि बढ्न कार्यकर्तालाई सुझाब दिईन । गण्डकी प्रदेशका महामन्त्री किरणबाबु श्रेष्ठले विधान संम्वद्ध ढंगले पार्टी केन्द्रदेखि नै संचालन हुनुपर्ने र त्यसको पालना तल्लो तहले पनि गर्नुपर्ने बताए ।
शुक्रवार पहिलो दिन पुरुषोत्तम दाहालले बिधान र कांग्रेसको संगठनीक संरचनाको बारेमा प्रशिक्षण दिएका थिए । दोस्रो दिन शनिवार बद्री पाण्डे, मिन विश्कर्मा र किरणबाबु श्रेष्ठले प्रशिक्षण दिने जिल्ला सचिव किशोरजंग थापाले बताए । कांग्रेस जिल्ला कार्यसमिति गोरखाले उक्त कार्यक्रमको अवसरमा महा धिवेशनमा निर्वाचित महामन्त्री, जिल्लाका तीन जना केन्द्रिय सदस्य, प्रदेश महामन्त्री सहित सदस्यहरुलाई सम्मान गरेको थियो ।




