
राप्रपाको केन्द्रीय सदस्यमा गोरखाका श्रेष्ठ सहित ३१ जना मनोनित
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यमा गोरखाका मोहनकुमार श्रेष्ठ मनोनित भएका छन् । राजेन्द्र लिङ्देन अध्यक्ष भएपछि बसेको पहिलो बैठकले श्रेष्ठसहित ३१ जनालाई केन्द्रीय कार्यसमितिमा मनोनित गरेको हो ।
श्रेष्ठ भिमसेन थापा गाउँपालिका वडा नं ७ बोर्लाङका हुन् । २०६७ साल देखि केन्द्रीय सदस्यमा रहेका उनी पाँच पटक सह प्रवक्ता रहेर समेत काम गरिरसहेको छन् । उनी यस अघिका पार्टीको पूर्व प्रचार विभागका प्रमुख समेत हुन् ।
राप्रपाको विधानअनुसार केन्द्रीय कमिटी एकसय ९९ सदस्यीय हुनेछ । जसमा मंसीरको दोस्रो साता भएको महाधिवेशनले एकसय ४९ सदस्य निर्वाचित गरेको थियो । बाँकी ५० जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्नुपर्ने विधान अनुसार आइतबार ३१ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । योसँगै राप्रपाको केन्द्रीय कार्यसमिति एकसय ८० सदस्यीय भएको छ । बाँकी १९ जनालाई दोस्रो चरणको वैठकले मनोनित गर्ने राप्रपाले जनाएको छ ।
त्यस्तै, केन्द्रीय सदस्यहरुबाट चार उपाध्यक्ष, तीन महामन्त्री, एक प्रवक्ता र एक कोषाध्यक्ष नियुक्ति हुनेछन् । त्यस्तै, सात जना सहमहामन्त्री, सात जना सहायक महामन्त्री र एक जना सहकोषाध्यषमा छनौट गरिने राप्रपाले जनाएको छ ।




