| सोमवार, कार्तिक २३, २०८३

सांसद दवाडीद्वारा चित्रेपोखरी माविलाई ५० हजार प्रदान


गोरखा क्षेत्र नं. २ को प्रदेश क्षेत्र नं. ख बाट गण्डकी प्रदेशसभामा निर्वाचित सांसद प्रकाशचन्द्र दवाडीले गोरखाको सिरानचोक गाउँपालिका ५ स्थित चित्रे पोखरी माविलाई ५० हजार रुपैंया सहयोग गरेका छन् ।


सांसद भएबापत पाउने तलबभत्ता रकम समाजसेवामा खर्च गर्ने घोषणा गरेका सांसद दवाडीले विद्यालयको ६४ औं वार्षिकोत्सवको अवसर पारेर सांसद दवाडीले विद्यालयलाई रकम प्रदान गरेका हुन् ।

सांसद दवाडीले सोमबार विद्यालयको खातामा सो रकम पठाएको बताएका छन् । सो रकमबाट बार्षिक उत्सव समारोहमा विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्नेगरी रकम प्रदान गरेको उनले जानकारी दिए ।

‘दुर्गमका विद्यार्थीलाई पठनपाठन गर्न सहज होओस् भनेर आर्थिक सहायता गरेको हुँ’, सांसद दवाडीले भने ।

प्रतिक्रिया दिनुहोस्