
अनेरास्ववियूद्धारा ४ स्थानमा जेब्राक्रस निर्माण
अनेरास्ववियु गोरखाले पृथ्वी राजमार्ग अन्र्तगत गोरखा आँबुखैरेनी सडक खण्डको बिभिन्न चार ठाउँमा जेब्राक्रस निर्माण गरेको छ ।
अनेरास्ववियूका सचिवालय सदस्य प्रबिन श्रेष्ठका अनुसार तिन दिने जेब्राव्रmस निर्माण अभियान मंगलवार सम्पन्न भएको हो ।
गोरखा नगरपालिका महालक्ष्मी माध्यामिक विद्यालय जाने बाटो, द्रब्यशाह बहुमुखी क्याम्पस जाने बाटो लगायत बिभिन्न ठाउँमा जेब्राक्रस निर्माण गरिएको श्रेष्ठले बताए । सडक दुर्घटना न्यूनीकरण गर्न, विद्यार्थी तथा आम सर्वसाधारणलाई सचेतना पैmलाउने उद्देश्हयले जेब्राक्रस निर्माण गरिएको अनेरास्ववियूले जनाएको छ ।

क्याम्पस अध्ययनरत विद्यार्थी, क्याम्पस कमिटीको विशेष सक्रियतामा उक्त अभियान संचालन भएको हो ।
कार्यक्रममा अनेरास्वविय सचिवालयका सदस्य प्रविन श्रेष्ठ, युवा संघ नगरकमिटीका संयाजक लक्ष्मण श्रेष्ठ, अनेरास्वविय जिल्ला सदस्यहरु, रविन कोइराला, मिलन बराम, विशाल फेवाली, रन्जित कोइराला लागतयको सहभागिता रहेको थियो ।
अन्य ठाउँहरुमा पनि आश्वयक देखिएकोले केही समयपछि दोस्रो चरणको कार्यक्रम सचालन गर्ने सचिवालय सदस्य श्रेष्ठले बताए ।




