
माओवादी केन्द्र बारपाक सुलीकोटले पायो पुर्णता
नेकपा माओवादी केन्द्र बारपाक सुलिकोट गाउँकमिटीले पूर्णता पाएको छ ।
शनिबार ताकुकोटमा सम्पन्न भएको पार्टीको भेलाले कमिटीलाई पूर्णता दिएको हो । भेलाले कमिटीको उपाध्यक्षमा लाल बहादुर गुरुङ, मोहन ढकाल, कृष्ण गुरुङ, सचिवमा सनमाया गुरुङ, कोषाध्यक्षमा चन्द्रकुमारी बराम, सहसचिवमा जितबहादुर नेपाली चयन भएका छन् ।
गतहप्ता भएको पालिकास्तरीय अधिवेशनबाट अध्यक्षमा नर बहादुर गुरुङलाई सर्वसम्मतले निर्वाचित गराएका थिए । तर अन्य पदमा आकांक्षीहरु धेरै भए पछि केहि दिनका लागि स्थगित गरिएको थियो ।
पार्टीको भेलाले ५५ सदस्यीय कार्यसमिति चयन गरिएको जनाएको छ ।
त्यस्तै, पालुङटार नगरपालिकाको अधिवेशन भने प्रदेश अधिवेशन सकिए पछि मात्रै हुन सक्ने माओवार्टी कार्यालयले जनाएको छ ।
पार्टीका अध्यक्ष गुरुङको अध्यक्षता तथा बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णु भट्टको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।




