
एकिकृत अनेशिसं गोरखाको अध्यक्षमा बाबुराम बिक
नेकपा माओबादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन गोरखाको अध्यक्षमा बाबुराम बिक सर्वसम्मत चयन भएका छन् ।
गोरखा सदरमुकाममा भएको दोस्रो जिल्ला परिषद्को बैठकले बिकको अध्यक्षतमा ३९ सदस्यीय जिल्ला समन्वय समिति गठन गरेको समितिका सचिव शिवकुमार यादवले जानकारी दिए ।
परिषद् बैठकबाट संगठनको बरिष्ठ उपाध्यक्षमा गोपालबाबु मरहट्टा, उपाध्यक्षमा गणेश सेढाई, तेजबहादुर नेपाली, उत्तम बराम र महिला उपाध्यक्षमा देवकी भट्टराई निर्विरोध चयन भएका छन् ।
त्यस्तै सचिवमा शिवकुमार यादव, अर्थ सचिवमा मीनबहादुर नेपाली सर्वसम्मत चयन भएको उनले बताए । संगठनको सहसचिवमा नेत्रलाल श्रेष्ठ, सुनिल अम्गाईँ र कृष्णप्रसाद न्यौपाने चयन भएका छन् । उक्त कार्यक्रम सांसद हरिराज अधिकारीको प्रमुख आथित्यतमा भएको थियो ।




