
पाँचखुवा देउरालीमा कांग्रेसको शुभकामना आदान प्रदान कार्यक्रम
गोरखाको बारपक सुलिकोट गाउँपालिका वडा नं. ७ पाँचखुवा देउरालीमा नेपाली कांग्रेसले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।
वडा सभापति टेकबहादुर बरामको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद एवं काग्रेस महासमिति सदस्य प्रकाशचन्द्र दवाडी महाधिवेशन प्रतिनिधि सुवास अधिकारी, क्षेत्र नं. २ अन्तर्गत प्रदेश ख को नेपाली कांग्रेस प्रदेश कमिटीका सभापति दिनेश खनखबास, सचिव कृष्णबहादुर गुरुङ, बारपाक सुलिकोट गाउँपालिकाका पार्टी सभापति जितबहादुर घलले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
साथै सोही कार्यक्रममा माओवादी पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गरेका सो क्षेत्रका युवा नेता शिव गुरुङले पनि शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।





