
बिकासको मोडल होस् त यस्तो
राजेन्द्र बजगाई :

कुनै एक समय काठमाण्डौं उपत्यकामा सरकारी पाठशालाका छात्राछात्रहरूले सार्वजनिक यातायातमा भाडा तिर्नु पर्दैनथ्यो । अहिले हाम्रो सरकार छ अनुत्तीर्ण हुने परिस्थितिका स्थानीय निकाय जुन अर्धसुगम शहर उन्मुख छन् यस्तो निर्णय गर्न सकुन् ।
ज्योलोजिकल अध्यन गरेर ५ वटा १६ लेनको समुन्द्रतिर दौड़ने अधिक दौडन उत्तरदक्षिण राजमार्ग बनाउन्, जस्ले गर्दा ३५ घण्टामा घिस्रिएर भित्रिने ढुवानी ५ घण्टामा गुडेर भित्रियोस् । पैठारी उसैगरी सम्भव बन्नेछ ।
बलियो हरियो पहाड डोजरले हैन, कुटो कोदालोले खनुन् । नदीनाला हैन पहाडको डिल डिलबाट बाटो बनाउन्, किनभने नेपालको बस्तीहरू बग्ने क्रम तिब्र भैसक्यो । यस्तो लाग्छ हाम्रो शरीरभरि अनुहार र आँङ चिथोरेर घाउ बनायौं । उसैगरी नेपालको भूगोल खण्डित छ, जसै छियाछिया बनायौँ ।
यस्ता दृश्य देख्दा लाग्छ, नेपाल आमाको शरीरबाट रगतै बगिरहेछ ।
प्रत्येक गाउँमा हाते टूयाक्टर जाने बाटो बनाउन्, अन्यथा ईन्जिन स्वचालित साईकल जाने बाटो बनाउन् ।
त्रिभुवन राजपथ मानिसले खने, जिरी पहाडको टुप्पोबाट खनियो त्यहाँ पानीको चाप हुदैन त्यो दिगो भयो । यस्तै बिचार बोकेर विकास गरे यो भूगोलमा जन्मिएको सार्थकता मिल्नेछ । अन्यथा आफÞ्नै सभ्यता आफै गएर जल्ने घाट खनेर घर घरमा ।
प्रत्येक वर्ष डोजर चलाएर, विनियोजित बजेट चपाएर यो देश २५ औं वर्षसम्म पनि बन्दैन । साना जलविद्युत साना सडक र मौलिक माटो सुहाउँदो पर्यटन र अन्योन्याश्रित कृषिउपज खपतले विकासले यो देश बन्नेछ, नत्र बन्दैन बिग्रदो छ ।
हाम्रो मौलिक पाहिचान बहादुरीको हो । हामीले तिब्बत र म्युटिनी वार मात्र होईन फÞोक्ल्याण्ड जित्यौँ हाम्रो डिफेन्स संसारकै ठुलो बनाउनु पर्नेछ । देशको रक्षा प्रणाली कमजोर भए छिमेकले हेप्नेछ अन्यथा सक्दैनन् ।
२०१६ सालको यूएनको मिटिङ सम्पन्न भएपछि अमेरिकी राष्ट्रपतिले दिएको डिनरमा ऋषिकेश शाह प्यार(प्यार बोलेको देखेर सोभियत संघका तत्कालीन प्रधानमन्त्री निकिता खुश्चेभले भनेछन्, ‘सट अप यू अमेरिकन डग ।’
त्यतिबेला नेपालका तत्कालीन प्रधानमन्त्री विपी कोइरालाले खुश्चेभको त्यो भनाईको खण्डन गर्दै भनेछन्, ‘योर एक्सिलेन्सी ! हाउ यू सेड द्याट ? हिइज माई रिप्रिजेन्टेटिभ ।’
विपीको उत्तर सुनेपछि ख्रुश्चेभले तत्कालै माफी मागे । नेतृत्व भनेको त्यो हो, जसले आफ्नो देशको प्रतिष्ठा जोगाउँछ ।
२०१७ सालको ‘कू’ मा ऋषिकेशबाट विपीलाई धोका नभएको होइन । उनी प्रधानमन्त्री पनि कहिल्यै भएनन् । तर, विपी, आफ्नो स्ट्याण्डमा जहिलै उभिए । पछिमात्र ऋषिकेशले विपीलाई बुझे । भारत प्रवासमा रहेका विपीलाई मनाउन पनि गए ।
त्यसैले नेतृत्व गर्नेलाई मेरो सुझाव ः अरुको ढाड टेकेर टाउकोमा हानेर सधै नेता भइरहँदैन । जनताले बुइँ चढ्न नदिएको दिन के हुन्छ ? भनिरहनु नपर्ला ।
नेपालमा बुद्धिहरू दिवालिया भएका छन् ।जब राष्टूको रक्षाबल निर्बल हुन्छ बिकासका सबै आयामले अनुत्तरित प्रश्नहरू झेलिरहन्छन् ।
१३ महिनामा तिब्बत र त्यसको मुल भूभागका फÞोर्टहरू कÞब्जा गर्ने र ४९ दिनमा म्युटिनी वार फत्ते गर्ने हाम्रै सेना हुन् । हाम्रो रक्षा ईतिहास गोर्खाको गौरव सर्वोत्कृष्ट अजर ईतिहास हो ।
यिनीहरू एकै दिनमा सम्भव हुदैनन् । ब्यथितिहरू भन्नै नसकिने छन् । नेपालको आत्मबल कमजोर पार्ने काम यहीँका नेताबाट भएको छ । फर्केर पुर्खा सम्झने सन्तानले पुस्ताका लागि काम गर्नेछन् ।
हामीले आँखामा सपना बोकेका बडामहाराज पृथ्वीनारायण शाह, टेडो ईतिहासको प्रहार खेप्ने अन्न भण्डार बनाउने जंगबहादुर कुँवर, कमनर लोकतन्त्रवादी विपि, अनुदार तर भूगोल भाषा परनिर्भरताको दायरा सानो बनाउने परमाधिपति राजा महेन्द्र र डा हर्क गुरुङ जस्ता नेता जन्माउने कोशिस गर्नै पर्ने छ ।
(बजगाईँ नेपाली कांग्रेसका नेता हुन् ।)




