
हरि देबकोटाद्वारा महाधिवेशन प्रतिनिधिमा उमेद्ववारी घोषणा
लामो समयदेखि गोरखामा गैरसरकारी संस्था मार्फत कार्यक्रम संचालन गर्दै आएका गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका हरि देबकोटाले नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा उमेद्ववारी घोषणा गरेका छन् ।
बिहिवार गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै उनले भने ‘कांग्रेसको अधिवशेनमा मैले महाधिवेशन प्रतिनिध पदमा क्षेत्र नम्बर २ बाट खुल्ला १० मा उमेद्धवारी दिएको छु ।’
समाज सेवा सँगै राजनीतिक गर्ने उद्देश्यले आफुले उमेद्धवारी दिएको उनले बताए । जिल्लामै बसेर काम गर्ने, कार्यकर्ताको सुखदुखको साथी बन्ने, रोजगारी सिर्जनाको क्षेत्रमा काम गर्ने, संगठन सुदृढिकरणमा अघि बढ्ने योजना आफ्नो रहेको उनले बताए ।
यस अघि गैरसरकारी संस्था मार्फत खानेपानी आयोजना निर्माण, विद्यालय, स्वास्थ्य चौकी भबन निर्माणमा सहयोग गरेको, गोरखामा युवाहरुलाई रोजगारीको सिर्जना गरेको, लोकतान्त्रीक गैरसरकारी संस्थामा १० वर्ष नेतृत्वदायी भुमिकामा काम गरेको उनले बताए ।
‘राजनीति मार्फत पनि सामाजिक काम गर्न सकिन्छ भन्ने उद्देश्यले केही नयाँ योजना सहित महाधिवेशन प्रतिनिधिमा उमेद्धवारी घोषणा गरेको हुँ’ उनले भने ।
कांग्रेसमा दुबै क्षेत्रबाट गरी महाधिवेशन प्रतिनिधिमा उमेद्धवारी दिनेको संख्या करिब एक सय हाराहारी छ ।




