| सोमवार, कार्तिक २३, २०८३

मण्डली मावि छोप्राकमा समाजवादी विद्यार्थी युनियन गठन


सिरानचोक गाउँपालिका छोप्राकको मण्डली माध्यामिक विद्यालयमा समाजवादी विद्यार्थी युनियन गठन गरिएको छ । उत्तम बञ्जराको अध्यक्षतामा १७ सदस्यीय कमिटि गठन गरिएको सिरानचोक गाउँपालिका कमिटि सचिव ज्ञानेन्द्रराज पोखरेलले बताए ।


समितिको उपाध्यक्ष सुमित्रा बिक, हरिराम पोखरेल, सचिव कन्चना पोखरेल, सह सचिव सुजन बिक, सम्झना भुजेल, कोषाध्यक्ष सबिता गौतम र अन्य सदस्य रहेका छन् ।


जनता समाजवादी पार्टीको केन्द्रिय समिति सदस्य दुर्गा न्यौपानेको प्रमुख अथित्यतामा भएको कार्यक्रममा सिरानचोक गाउँपालिका अध्यक्ष दिपकबाबु भट्ट जिल्ला सदस्य सन्तोष गुरुङ लगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्