| सोमवार, कार्तिक २३, २०८३

मन्त्री आचार्यद्वारा खानेपानी आयोजनाको अबलोकन, भवनको उद्घाटन


गण्डकी प्रदेशका जलस्रोत, उर्जा, खानेपानी तथा सिंचाई मन्त्री हरिशरण आचार्यले गोरखा नगरपालिका ९ मा सञ्चालित सिर्दि, दलभञ्ज्याङ खानेपानी आयोजनाको अवलोकन गरेका छन् ।

बिहिबार मन्त्री आचार्यले आयोजनाको अवलोकनसँगै आयोजनाको कार्यालय भवन पनि उद्घाटन गरेका छन् ।


सो कार्यक्रममा उनले घरदैलोमा पुगेर समस्याको सम्बोधन गर्ने बताएका छन् । सो खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आयोजना गरेको बधाई तथा शुभकामना प्रदान कार्यक्रममा बोल्दै मन्त्री आर्चायले सो आयोजनालाई थप क्षति हुनबाट जोगाउन आबश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।


सोही अबसरमा उनले बाढीले क्षतिग्रस्त तथा जोखिममा रहेका सिर्दी, दलभन्जाड् खानेपानी आयोजनाको अबलोकन गरे ।


सिर्दी दलभञ्ज्याङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष शिव केसीले सो क्षेत्रमा भएका खानेपानीको बिगत बर्तमान अबस्थाको बारेमा पनि सहभागीहरुलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्