| सोमवार, कार्तिक २३, २०८३

जसपाको भातृसंस्था चुमनुब्री काठमाडौँ सम्पर्क समिति गठन


चुमनुब्री गाउँपालिका घर भई हाल काठमाडौंमा बसोबास गर्ने जनता समाजवादी पार्टीमा आवद्ध युवाहरु संगठित भएका छन् ।

मंगलबार काठमाडौँमा भएको भेलाले कर्मा सण्डुप लामा(चुमनुब्री ७ छुले) को अध्यक्षतामा चुमनुब्री काठमाडौँ सम्पर्क समिति गठन गरेको छ ।


समितिको उपाध्यक्षमा समीर गुरुङ(न्याक), सचिवमा सन्देश गुरुङ, सहसचिवमा मुना गुरुङ, कोषाध्यक्षमा हेमन्त गुरुङ र सदस्यमा देवेन्द्र गुरुङ रहेका छन् ।


समितिको बुधबार सम्पन्न पहिलो बैठकले हाल उत्तरी गोरखा जाने बाटो जताततै बिग्रिएकाले मर्मतका लागि स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारलाई आग्रह गर्ने निर्णय गरेको अध्यक्ष लामाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्