
हरिशरण आचार्य बने उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री
दरौंदी समाचारदाता
गोरखाबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिशरण आचार्य उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री भएका छन् । जनता समाजवादी पार्टीबाट बिजयी आचार्यले यसअघि यस अघि मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीसँग अर्थमन्त्रालयका लागि सहमती गरेका थिए ।
स्वतन्त्र सांसद दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
नेपाली कांग्रेसबाट सरकारमा सहभागी कुमार खड्काले समाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । यसअघि उनले अर्थ वा भौतिक विकास मन्त्रालयमा दाबी गर्दै आएका थिए ।
माओवादी केन्द्रबाट मन्त्री बनेकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाउने भएकी छन् ।
गण्डकी प्रदेश सरकारमा सहभागी मन्त्रीहरुको कार्यविभाजन टुंगिएको छ । जेठ २९ गते मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलसहित ५ जनाले विना विभागीय मन्त्रीको रुपमा शपथ लिएका थिए ।
गण्डकी प्रदेशमा ११ मन्त्रालय छन् । यससँगै अझै ६ मन्त्रालयमा मन्त्री नियुक्ति गर्न बाँकी छ ।




