| आइतवार, कार्तिक २२, २०८३

मन्त्री आचार्यद्वारा आँपपिपल अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

गण्डकी प्रदेशका मन्त्री हरिशरण आचार्यले पालुङटारको आँपपिपल अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । गण्डकी प्रदेश सरकारबाट प्राप्त आईसियूका लागि आवस्यक साम्रग्री, अक्सिमिटर लगायत उनले मंगलवार अस्पताललाई हस्तान्तरण गरेका हुन् ।

केही समय अघि सम्म आँपपिपल अस्पताल गण्डकी प्रदेशकै उत्कृष्ट अस्पताल रहेको र अहिले पुर्वाधार अभाब र जनशक्ति अभाब भएकाले स्तरोन्नती गर्नुपर्ने मन्त्री आचार्यले बताए । प्रदेश सरकारले आँपपिपल अस्पताललाई ५० वेडको बनाउने योजना बनाईसकेकाले स्तरोन्नती गर्नमा प्राथमिकता दिने उनले बताए ।
नं ३ का अध्यक्ष रेशम बहादुर अधिकारी, वडा नं २ का अध्यक्ष लोकनाथ वाग्ले, अस्पताल प्रशासन प्रमुख बाबुराम गिरी तथा डाक्टर पवन अग्रवालले अस्पतालको अवस्थाको बारेमा मन्त्री आचार्यलाई जानकारी गराएका थिए ।
मन्त्री आचार्यले बौद्ध हिमाल युवा क्लवको सभा हलमा क्लव, उद्योग वाणीज्य संघ पालुङ्टार इकाइले आयोजना गरेको बधाई तथा सुभकामना कार्यक्रममा पनि सहभागी बने । उनले आफ्नो निर्वाचन क्षेत्रमा संसद बिकास कोषबाट विनियोजन गरिएको वजेटबाट भइरहेको कामकोपनि अनुगमन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्