
कुलगाउँका युवाहरुद्वारा घरघरमा स्वास्थ्य सामग्री वितरण
बारपाक सुलीकोट गाउँपालिका ४ कुलगाउँका युवाहरुले कोभिड १९ को महामारीबाट बच्नका लागि घरघरमा स्वास्थ्य सामग्री वितरण गरेका छन् ।
रोजगारीका लागि देश, विदेशमा रहेका युवाहरुले केही रकम संकलन गरी गाउँलेलाई स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन् ।
स्थानीय संवृद्ध एकता युवा क्लवका युवाहरुले सोमबार एक अनौपचारिक कार्यक्रम गरी गाउँका ७० घरधुरीलाई एकेक पाकेट मास्क, सेनिटाइजर वितरण गरेका क्लवका शुक्र गुरुङले जानकारी दिए ।
सो गाउँमा अहिलेसम्म कोभिडका संक्रमित छैनन् । आसपासका गाउँबाट पनि संक्रमण नसरोस् भनेर रोकथाम गर्न युवाहरुले सचेतना कार्यक्रम गरिरहेका उनले बताए ।




