
जसपाका पराजुलीद्वारा आरुघाट गाउँपालिकालाई स्वास्थ्य सामग्री
जनता समाजवादी पार्टी गोरखाका उपाध्यक्ष तथा संघीय परिषद सदस्य राजेन्द्र पराजुलीले आरुघाट गाउँपालिकाका लागि स्वास्थ्य सामग्री वितरण गरेका छन् ।
बिहिबार आरुघाट पुगेर पराजुलीले गाउँपालिकाका अध्यक्ष पूर्ण दाहाललाई पिपिई, मास्क, सेनिटाइजर, डिटोललगायतका सामग्री प्रदान गरेका हुन् ।
उनल गाउँपालिकाका अध्यक्ष दाहाललाई पिपिई १० थान, माक्स १२ हजार थान, स्यानिटाईजर १५ लिटर, हात धुने डिटोल साबुन एकसय थान प्रदान गरेका हुन् ।
सो अवसरमा जनता समाजवादी पार्टीका गण्डकी प्रदेश युवा ईन्चार्ज बासु भट्ट, सोही पार्टीका जिल्ला युवा उपाध्यक्ष भुजन गुरुङ, जनता समाजवादी पार्टी आरुघाट गाउँपालिका कमिटीका अध्यक्ष राजु गुरुङलगायत सहभागी थिए ।




