| सोमवार, कार्तिक २३, २०८३

साधना लघुवित्तद्वारा डेडबडी ब्यवस्थापनका लागि पिपिई सहयोग

कोरोनाभाइरस(कोभिड–१९) का कारण मृत्यु भएका ब्यक्तिको शव ब्यवस्थापनको लागि साधना लघुवित्त वित्तीय संस्थाले स्वास्थ्य कार्यालय गोरखालाई डेडबडी पिपिई सहयोग गरेको छ ।


बिहिबार कार्यालयमै पुगेर साधना लघुवित्तले स्वास्थ्य कार्यालय गोरखालाई २५ थान पिपिई सहयोग गरेको वैँकका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले जानकारी दिए ।


पछिल्लो समय कोभिडका कारण मृत्युदरमा बृद्धि भएसंगै सोको ब्यवस्थापनमा सहजता होस् भन्ने उदेश्यले पिपिई सहयोग गरिएको न्यौपानेले बताए ।


गोरखा नगरपालिका वडा नं ६ हरमटारीमा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले सामाजिक उत्तरदायित्व निर्वाहस्वरुप डेडबडी ब्यवस्थापनमा खटिने समूहको मनोवलमा बढाउन सहयोग गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्