युवा संघको केन्द्रीय समितिमा गोरखाबाट आठजना
नेकपा एमाले(नेपाल समूह)को युवा संघको केन्द्रीय समितिमा गोरखाबाट आठ जना चयन भएका छन् ।
हालै नेकपा एमाले पार्टी (नेपाल समूह) ले गठन गरेको युवा संघमा गोरखाबाट रेखा लोप्चन, विश्व बानियाँ, सुनील लामिछाने, सुष्मा कट्टेल, किरण ढकाल, उर्मिला कुँबर, उमेश कुँबर र सञ्जीव देवकोटालाई चयन गरेको हो ।
साथै गोरखाका लागि रेखा लोप्चनलाई इञ्चार्ज र विश्व बानियाँलाई सहइञ्चार्जमा चयन गरेको छ । जिल्ला इञ्चार्जमा महिला चयन भएको नेपालमै गोरखामा मात्रै रहेको पार्टीले जनाएको छ ।




