
एमाले गोरखाको पुनर्गठन कार्यदल गठन
नेकपा एमाले गोरखाले पार्टी पुनर्गठनका लागि कार्यदल निर्माण गरेको छ । शनिबार सम्पन्न बैठकले जिल्लाका ११ वटै स्थानीय तहमा कार्यदलको संयोजक तोकेको छ ।
पार्टी कमिटी पुनर्गठनका लागि गोरखा नगरपालिकामा कृष्ण कुँबरलाई संयोजक तोकेको छ ।
त्यस्तै गण्डकी गाउँपालिकामा तोपमान श्रेष्ठ, शहीदलखन गाउँपालिकामा मनोज जोशी, भिमसेन थापा गाउँपालिकामा साधुराम थापा, आरुघाट गाउँपालिकामा मेनबहादुर अधिकारी, धार्चे गाउँपालिकामा शेरबहादुर गुरुङ, चुमनुब्री गाउँपालिकामा लोप्साङ लामा, अजीरकोट गाउँपालिकामा लिलाबहादुर सुनार, सिरानचोक गाउँपालिकामा देवराज श्रेष्ठ, पालुंटार नगरपालिकामा वसन्त श्रेष्ठ र बारपाक सुलीकोट गाउँपालिकामा सुजन गुरुङलाई संयोजक तोकिएको जिल्ला सचिव कृष्ण नेपालीले जानकारी दिए ।
सो कार्यदलले कमिटीको रिक्त रहेको पदपूर्ति गर्न गृहकार्य गर्ने छ ।
त्यस्तै बैठकले पार्टीको आन्तरिक विवाद समाधान गर्न तथा पार्टी प्रवेशको वातावरण मिलाउन वार्ता समिति पनि गठन गरेको छ । जिल्ला कमिटीका अध्यक्ष प्रेम गुरुङको संयोजकत्वमा नौ सदस्यीय वार्ता कमिटी गठन गरेको सचिव नेपालीले जानकारी दिए ।
एमालेले आउँदो २८ गते पार्टी प्रवेश कार्यक्रम गर्ने पनि जनाइएको छ ।




