
भिमसेन थापा ८ मा कांग्रेसको प्रशिक्षण
गोरखाको भिमसेन थापा गाउँपालिका ८ मा कांग्रेसले प्रशिक्षण कार्यक्रम गरेको छ ।
वडावडामा संगठन सुदृढिकरण अभियान अन्र्तगत शुक्रवार भिमसेन थापा ८ को महादेवटारमा कार्यक्रम भएको कांग्रेस गोरखाले जनाएको छ ।
कांग्रेसका वडा सभापति पूर्णप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति जिल्ला सचिव पूर्ण दाहाल, नन्दप्रसाद न्यौपाने, धिरन थापा, महासमिति सदस्य राजनराज पन्त, इश्वर पाण्डे, लुमनाथ लामिछाने, ठुकुर पुडासैनी, तारा पुडासैनी, ठाकुर भट्ट, जानुका अधिकारी, सरिता भट्ट, हरि गान्धारी, रामु नेपाली, मुक्ति ढकाल, कुबेर पौडेल, शिवहरी तिमिल्सिना, वडा नम्बर ८ का वडा अध्यक्ष बासु थापा लगायतले धारणा राखेका थिए । सोही अवसरमा नेपाली कांग्रेसको वडा पार्टी कार्यालय उद्घाटन समेत गरिएको थियो ।




