
मसेल र आरुपोखरीमा कांग्रेसको प्रशिक्षण
नेपाली कांग्रेस गोरखाले संगठन सुदृढिकरण अभियान अन्र्तगत गोरखाको भीमसेन थापा गाउँपालिकाको मसेल र आरुघाट गाउँपालिकाको आरुपोखरीमा कार्यक्रम गरेको छ ।
सोमवार कांग्रेसका नेताहरु चिनकाजी श्रेष्ठ, किरणबाबु श्रेष्ठ कांग्रेसका जिल्ला सचिव नन्दप्रसाद न्यौपाने, महासमिति सदस्य इश्वर पाण्डे, राजनराज पन्त, ठाकुर पुडासैनी, भिमसेन थापा गाउँपालिका उपाध्यक्ष बिनु वाग्ले लगायतले धारणा राखेका थिए ।
कांग्रेसको अबको ऐजेण्डा, संसद बिघटनको असंवैधानीक कदम लगायतको बारेमा अगुवा कार्यकर्ता प्रशिक्षण अभियान चलाइएको जिल्ला सचिव न्यौपानेले बताए ।




